काठमाण्डु – नेपाल र भुटानका प्रधानमन्त्रीहरू संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क गइरहेको अवसर पारेर मानवअधिकारवादी संस्थाहरूले भुटानी शरणार्थी संकटको स्थायी समाधान र भुटानी राजनीतिक बन्दीहरूको नि:शर्त रिहाइको माग गरेका छन् । ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान (जीसीआरपीपीबी) र भुटान इन्डिपेन्डेन्ट पिपल्स फोरम (बीआईपीएफ) ले मंगलबार संयुक्त विज्ञप्ति जारी