विदेशमा नेपालीले मतदान गर्ने उपाय खोज्दै निर्वाचन आयोग, कूटनीतिक नियोगसँग छलफल

  • मङगलबार ६ असो २०८३ ०४:०६ PM
काठमाण्डु – निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्ने विषयमा विभिन्न मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगका प्रमुख तथा महावाणिज्यदूतसँग छलफल गरेको छ । आयोगले मंगलबार क्यानडा, ब्राजिल, अमेरिका, बेलायत र अस्ट्रेलियास्थित नेपाली राजदूत तथा महावाणिज्यदूतसँग ‘विदेशमा मतदान’ अर्थात् ‘आउट अफ कन्ट्री भोटिङ’का विषयमा छलफल गरेको हो । अमेरिकाका वासिङ्टन डीसी, टेक्सास र न्यूयोर्कमा