जीवित देवता  श्री गणेश र श्री भैरवको आसन अर्पण : आसन प्रतिस्थापन र स्थिर पूजा

  • मङगलबार ६ असो २०८३ ०९:०७ PM
काठमाडौँ । आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले जीवित देवता श्री गणेश र श्री भैरवको आसन अर्पण गर्नुभएको छ । तःवहालमा आयोजना गरिएको आसन प्रतिस्थापनको तान्त्रिक पूजामा सहभागी भएर उहाँले श्री गणेश र श्री भैरवका अभिभावकलाई आसन अर्पण गर्नुभएको हो । सिंहासन काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको खर्चमा निर्माण गरिएको हो ।  त्यस क्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले, व्यवस्थापनका दृष्टिले यस वर्षको जात्रा विशेष हुने बताउनुभयो । ‘श्रीहरुको घरमा येँयाः (इन्द्रजात्रा) का अवसरमा अब श्री गणेश र श्री भैरवको पनि आसनमा पूजा हुनेछ । यसअघि श्रीहरुको घरमा उहाँहरुको आसन थिएन ।’ उहाँले जात्रा अन्य थप कार्यक्रमका बारेमा भन्नुभयो, ‘करिब २५ वर्षदेखि काठमाडौँबासीले बजाउन छोडेको म्वाःली बाजा यस वर्ष काठमाडौँबासीले बजाउनुहुनेछ । कुमारी घरको छाना जीर्णोद्धार गरिसकेका छौँ । दाँगीका दिन चन्द्रागिरीस्थित इन्द्र दहमा जाने श्रद्धालुहरुका लागि निःशुल्क यातायातको व्यवस्था गर्दैछौँ ।’ उहाँले स्थानीय सरकारले जात्रा पर्व व्यवस्थापनमा अभिभावकत्व बढाउँदै लगेको बताउनुभयो ।  आज अर्पण गरिएको श्री गणेशको आसन उहाँको निवास स्थान वडा नं