दमौली । रसुवाको भोटेकोशीमा गएको बाढीमा परी २७ दिनदेखि बेपत्ता नेपाली सेनामा कार्यरत तनहुँकी कृति कुमालको परिवारले अन्ततः उनको कुशको शव बनाएर अन्त्येष्टि गरेको छ । व्यास नगरपालिका–५ की कुमाल रसुवाको टिमुरेस्थित श्रीनाथ गणमा सिपाही पदमा कार्यरत थिइन् । भोटेकोशीमा गएको बाढीपछि बेपत्ता उनको खोजीका लागि निरन्तर प्रयास गरिए पनि हालसम्म अवस्था पत्ता लाग्न नसकेपछि