बंगालको खाडीको न्यून चापीय प्रभावले २ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • मङगलबार ६ असो २०८३ ०३:०१ PM
काठमाण्डु – बंगालको खाडीको पश्चिम–मध्य भूभाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै ‘डीप डिप्रेसन’ अर्थात् बलियो न्यून चापीय क्षेत्रमा परिणत भएर पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले आगामी दिनमा देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुका साथै पश्चिमी वायुको