परराष्ट्रमन्त्री खनाल र युगान्डाका विदेशमन्त्री अयेबारेबीच भेटवार्ता

  • मङगलबार ६ असो २०८३ ०२:५९ PM
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र युगान्डाका विदेशमन्त्री एडोनिया अयेबारेबीच साइडलाइन भेटवार्ता भएको छ। न्युयोर्कमा जारी महासभाको उच्चस्तरीय छलफलका क्रममा भएको भेटमा युगान्डाका विदेशमन्त्री अयेबारेले आगामी असंलग्न आन्दोलन (नाम) को मन्त्रीस्तरीय बैठक सम्बन्धमा परराष्ट्रमन्त्री खनाललाई जानकारी गराउनुभएको थियो। भेटवार्तामा नेपाल र युगान्डाबीच नामका गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठकसँग सम्बन्धित विषयमा छलफल भएको