काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टीले सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । मंगलबार पार्टी मुख्यालयमा बसेको कार्यसंयोजन समितिको बैठकमा सरकारविरुद्ध आन्दोलन गर्नेबारे छलफल भएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । ‘सरकारले जनविरोधी क्रियाकलाप गरिरहेको छ, महंगी, भ्रष्टाचार, सुकुमबासीको बिचल्ली छ । यीसहित राष्ट्रिय स्वाधीनता र राष्ट्रियताको पक्षको आन्दोलन अगाडि बढाउने निष्कर्ष बैठकले निकालेको छ,’ उनले भने