कपिलवस्तु, ०६ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिकामा प्रहरीले अवैध रूपमा उत्पादन तथा बिक्रीका लागि राखिएको घरेलु मदिरामाथि कारबाही गरेको छ । प्रहरीले बाणगंगा नगरपालिका–४ क्षेत्रमा रहेको होटल तथा घरमा छापा मारेर करिब २०० लिटर अवैध लोकल मदिरा बरामद गरेको हो । यस्तै प्रहरीले ७ सय लिटर मदिरा बनाउन प्योग गरिने कच्चा पदार्थ नष्ट गरेको छ