‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग

  • मङगलबार ६ असो २०८३ ०२:०६ PM
विद्यालय तहमा अध्ययनरत बालबालिकालाई राष्ट्रिय सेवा दल (एनसिसी) मार्फत सैन्य प्रकृतिको तालिम दिने र सुरक्षा प्रयोजनमा परिचालन गर्ने व्यवस्था बालअधिकारको दृष्टिकोणले स्वीकार्य नहुने भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका छन् । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले प्रतिनिधिसभाबाट हालै पारित ‘राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक’प्रति गम्भीर ध्यानाकर्षण गराउँदै १८ वर्षमुनिका बालबालिकालाई हतियार तथा