मुक्त कमैयाको पुनःस्थापना प्रदेश सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री भट्ट

  • मङगलबार ६ असो २०८३ ०६:४५ PM
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त कमैयाको पुनःस्थापनाको विषयलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् । आफ्नो समस्या समाधानको मागसहित आज मुख्यमन्त्री निवास पुगेको मुक्त कमैयाको टोलीसँगको भेटमा मुख्यमन्त्री भट्टले लामो समयदेखि समस्यामा रहेका मुक्त कमैयाको जीवनस्तर सुधार तथा पुनःस्थापनाका विषयलाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले मुक्त कमैयाको आवास तथा जीविकोपार्जनसँग जोडिएका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताए ।  मुख्यमन्त्री भट्टले मुक्त कमैयाको आवास लगायतका समस्या समाधानका लागि आगामी बजेटमै आवश्यक व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे । मुक्त कमैयाको समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने उनले बताए ।