प्रतिनिधि सभाको मंगलवारको बैठकले राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुन्द्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्झौतालाई सर्वसम्मतिले अनुमोदन गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सदनमा उक्त सम्झौता अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गरेकी थिइन् । प्रस्ताव प्रस्तुत गर्दै मन्त्री गौतमले यस सम्झौताले समुन्द्री पर्यावरणको सुरक्षा र स्रोतको न्यायोचित प्रयोगमा