रामकुमारी झाँक्री भन्छिन्– स्थापित दलमा नेतृत्व परिवर्तनको बहस ‘फेसन’ बन्यो

  • मङगलबार ६ असो २०८३ १२:४१ PM
नेकपा (एमाले)की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित राजनीतिक दलमा नेतृत्व परिवर्तनको बहस ‘फेसन’ जस्तो बनेको टिप्पणी गरेकी छन् । ललितपुरको भनिमण्डलस्थित रामबाग महल परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै झाँक्रीले गत वर्षको जेनजी आन्दोलनका षड्यन्त्रकारीहरूले नेतृत्व परिवर्तनको एजेन्डा पार्टीभित्र प्रवेश गराएको दाबी गरिन् । बाहिर चलेका हल्लाका आधारमा पार्टीको जिम्मेवार तहमा रहेका नेताहरूले पार्टी पुनर्गठनको विषय उठाउनु