नेपालमा सवारी दुर्घटना बढ्दो जोखिम : एक वर्षमा २ हजार ५ सयभन्दा बढीको मृत्यु

  • मङगलबार ६ असो २०८३ ११:३१ AM
निरज रेग्मी काठमाडौं । नेपालमा सडक तथा सवारी दुर्घटना मानव जीवनका लागि गम्भीर चुनौती बन्दै गएको छ। सवारी साधनको संख्या बढ्दै जानु, तीव्र गति, ट्राफिक नियमको उल्लंघन, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु तथा सडकको अवस्थालगायतका कारण दुर्घटनाबाट हुने जनधनको क्षति अझै उल्लेख्य रहेको तथ्यांकले देखाएको छ। नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा देशभर ४३ हजार १६५ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा २ हजार ५४९ जनाको मृत्यु भएको छ भने ६ हजार १७६ जना गम्भीर घाइते र ३७ हजार २६८ जना सामान्य घाइते भएका छन्। कहाँ र कसरी भइरहेका छन् ... The post नेपालमा सवारी दुर्घटना बढ्दो जोखिम : एक वर्षमा २ हजार ५ सयभन्दा बढीको मृत्यु appeared first on Kalika Khabar.