रुपन्देही – नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार थापाको विकल्प नरहेको बताएकी छन् । रिपोटर्स क्लब नेपाल लुम्बिनीले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउँदै आन्तरिक गुट–उपगुटको अन्त्य गरी बलियो, सक्षम र जनतासँग जोडिएको कांग्रेस निर्माण गरिने बताइन् । ‘कांग्रेसको नेतृत्वमा अहिले गगनको विकल्प छैन । १५औँ महाधिवेशन एकताको