काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सरकारले कानून निर्माणको प्रक्रियालाई गति दिने बताएकी छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा राष्ट्रिय क्षेत्राधिकार बाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो उपयोगसम्बन्धी (बीबीएनजे) सम्झौतामाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले सन्धि–सम्झौता कार्यान्वयनका लागि आवश्यक कानून समयमै निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । उनले