काठमाडौं । असोज ९ गतेदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ । सम्भावित मौसमजन्य विपद्को जोखिमबारे गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले मौसमविद्सँग जानकारी लिएका छन् । दुवै मन्त्री मंगलबार बबरमहलस्थित मौसम विज्ञान विभागको कार्यालय पुगेर महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेलसहित मौसमविद्सँग छलफल गरेका