मोटर बीमाको हिस्सा साढे २२ प्रतिशतमा झर्‍यो, सम्पत्ति बीमा ३० प्रतिशत नाघ्यो

  • मङगलबार ६ असो २०८३ १०:५८ AM
काठमाडौं । कुनै समय निर्जीवन बीमा व्यवसायको सबैभन्दा ठूलो हिस्सा ओगट्ने मोटर बीमाको हिस्सा पछिल्लो समय घट्दै गएको छ । चालु आर्थिक वर्षको साउनमा निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा २२.६४ प्रतिशतमा सीमित भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार साउनमा मोटर बीमाबाट १ अर्ब २२ करोड २९ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ