दसैँसम्म गल्छी-स्याफ्रुबेँसी सडक खुलाउने तयारी

  • मङगलबार ६ असो २०८३ ११:०७ AM
काठमाडौं । रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्रै सञ्चालनमा ल्याउने गरी सडक विभागले काम अघि बढाएको छ । विभागका अनुसार अधिकांश स्थानमा सडक मर्मतपछि यातायात सञ्चालनमा आइसकेको छ । सडक विभागका महानिर्देशक डा.विजय जैसीले गल्छीदेखि स्याफ्रुबेँसीसम्मको सडक दसैँसम्म सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको बताए । उनका अनुसार धादिङ–नुवाकोट जोड्ने कोल्पुखोलामा अस्थायी मर्मत पूरा भएसँगै यातायात