भक्कानिँदै सांसद खतिवडाले भनिन्- जेन्जीले न्याय पाए एक सेकेन्डमा पदबाट राजीनामा दिन्छु

  • मङगलबार ६ असो २०८३ ०९:२८ AM
काठमाडौं । रास्वपा सांसद रचना खतिवडा खत्री प्रतिनिधिसभाको बैठकमा भक्कानिएकी छिन् । उनले जेनजी शहीदले अझै न्याय पाउन नसकेको भन्दै भक्कानिएकी हुन् । उनले शहीद परिवारलाई न्यायको प्रत्यक्ष आभास हुने काम गर्न सरकारलाई आग्रह गरिन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा जेनजी शहीद रसिक खतिवडाकी आमा खतिवडाले शहीदको रगत अझै नसुकेको स्मरण गराउँदै न्यायको प्रत्यक्ष आभास हुने गरी सरकारलाई काम गर्न आग्रह गरेकी हुन् । उनले आन्दोलनका क्रममा थुनामा रहेका सम्पूर्ण जेन्जी थुनुवाहरूलाई विनासर्त तत्काल रिहा गर्न र घाइतेहरूको उपचारका लागि संसारको जुनसुकै कुनामा लैजानु परे पनि राज्यले सम्पूर्ण खर्च व्यहोरेर निःशुल्क ... The post भक्कानिँदै सांसद खतिवडाले भनिन्- जेन्जीले न्याय पाए एक सेकेन्डमा पदबाट राजीनामा दिन्छु appeared first on Kalika Khabar.