यातायात व्यवसायी तथा श्रमिकले काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालबाहिर प्रदर्शन गरेका छन्। स्वतन्त्र चालक संघ नेपालको अगुवाइमा मंगलबार अस्पतालबाहिर प्रदर्शन गरिएको हो। सोमबार काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा गम्भीर घाइते भएका मकवानपुरका चालक अर्जुन दोङको उपचारका क्रममा सोमबार राति मृत्यु भएको थियो। घटनाको विरोधमा दोङका परिवारसहित यातायात व्यवसायी तथा श्रमिक प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनमा सहभागीले घटनाको