काठमाडौं । हालै भोटेकोसीमा आएको विनाशकारी बाढी तथा डुबानका कारण देशका विभिन्न भागमा ठूलो जनधनको क्षति हुनुका साथै अटोमोबाइल क्षेत्रमा समेत गम्भीर असर परेको छ। अटोमोबाइल व्यवसायसँग सम्बन्धित पूर्वाधार, गोदाम तथा सवारीसाधनमा व्यापक क्षति पुगेकोप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस दुःखद् अवस्थामा प्रभावित सदस्य तथा सम्पूर्ण अटोमोबाइल व्यवसायीको साथमा संस्था रहेको नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले बताएका छन्। बाढी तथा डुबानका कारण भन्सार नाकामा रोकिएका तथा विभिन्न स्थानमा राखिएका आयातित सवारीसाधनमा क्षति पुगेको छ भने कतिपय सवारीसाधन बाढीले बगाएर हराएका छन्। व्यवसायीका गोदाम, कार्यस्थल, उपकरण तथा अन्य ... The post भोटेकोसी बाढीबाट अटोमोबाइल क्षेत्रमा ठूलो क्षति, राहत तथा सहजीकरणमा नाडाको पहल appeared first on Kalika Khabar.