काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आगामी असोज २८ गते बुधबार आफ्नो २५औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेदेखि सुरु हुनेछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरिएको लाभांश प्रस्ताव पारित गर्नेछ। बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव सभामा पेस गर्नेछ। त्यस्तै, अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई १३६ दिनको समानुपातिक आधारमा ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन ... The post सिद्धार्थ बैंकले असोज २८ गते २५औँ वार्षिक साधारण सभा बोलायो appeared first on Kalika Khabar.