काठमाण्डु– त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि बसमा आगो लगाएर चालक अर्जुन लामा दोङले आत्मदाह गरेको घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आषिका तामाङले ट्राफिक कारबाहीको विद्यमान शैलीमाथि प्रश्न उठाएकी छन् । मंगलबार प्रतिनिधिसभामा बोल्दै तामाङले ट्राफिक प्रहरीले सडकमा गर्ने कारबाहीलाई प्रमाणमा आधारित र पारदर्शी बनाउन माग गरिन् । त्यसका लागि प्रत्येक ट्राफिक प्रहरीको शरीरमा क्यामेरा