काठमाण्डु– एमाले अध्यक्ष केपी ओलीले पार्टीको जारी केन्द्रीय समिति बैठकमा उपमहासचिव योगेश भट्टराईलाई बोल्न रोक लगाएका छन् । ओलीको राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्न खोज्दा भट्टराईमाथि बोल्न रोक लगाइएको हो । बैठकमा मौखिक धारणा राख्न समय मागेका भट्टराईले बोल्ने अवसर नपाएपछि आफूले तयार पारेको लिखित प्रस्ताव अध्यक्ष ओलीलाई बुझाएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।