त्रिपुरेश्वर बस चालक आत्मदाह प्रकरणले संसदमा चर्कियो बहस, ट्राफिक प्रणालीदेखि युवा निराशासम्म प्रश्न

  • मङगलबार ६ असो २०८३ ०९:०६ AM
त्रिपुरेश्वरमा बस चालक अर्जुन दोङ तामाङले आत्मदाह गरेको घटनालाई लिएर प्रतिनिधि सभामा सरकार र राज्यका प्रशासनिक संयन्त्रमाथि प्रश्न उठेको छ। सांसदहरूले घटनालाई ट्राफिक कारबाहीसँग मात्र जोडेर हेर्न नहुने भन्दै यातायात व्यवस्थापनको विद्यमान प्रणाली, श्रमिक चालकको कार्यदशा, कानुनी व्यवस्थाको कार्यान्वयन तथा युवामा बढ्दो निराशाबारे सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले सडकमा ट्राफिक प्रहरी र