काठमाण्डु– नेपाली सेनामा पदोन्नति भएका ४ जना सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। भदौ ३१ गतेबाट उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सोबेन्द्र सिंह महत र सहायक रथी प्रकाश थापालाई प्रधानसेनापति अशोक राज सिग्देलले मंगलबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। यस्तै, प्रधानसेनापति सिग्देलले सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी मदन