गोरखा । भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु हिमाल आरोहणका लागि मौसम प्रतिकूल बनेपछि आरोहीहरू बीच बाटोबाटै फर्किन थालेका छन् । दुई सातासम्म मौसममा सुधार नआएपछि आरोहीहरू फर्किन थालेको मनास्लु हिमाल नजिकैको चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए । उनका अनुसार मनास्लु क्षेत्रमा निरन्तर वर्षासँगै वरपर करिब पाँच फिटसम्म बाक्लो हिमपात