काठमाडौं । बागमती प्रदेशका विभिन्न स्थानमा आगामी असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बागमती प्रदेश सरकारको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले आज सूचना जारी गर्दै सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक सावधानी र पूर्वतयारी अपनाउन प्रदेशवासीलाई आग्रह गरेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार