मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै उनका परिवार तथा समर्थकहरू सडकमा उत्रिएका छन् । सोमबार काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको उपचारका क्रममा गएराति कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको परिवारले जनाएको छ । मृतक दोङकी श्रीमती र छोरासहित परिवारका सदस्य तथा समर्थकहरू मंगलबार कीर्तिपुरस्थित बर्न अस्पताल परिसरमा