श्रीमान्‌ले फरुवा प्रहार गर्दा श्रीमतीको मृत्यु

  • मङगलबार ६ असो २०८३ ०६:४४ AM
सुर्खेत। सुर्खेतमा फरुवा प्रहारबाट एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा चौकुने गाउँपालिका- ५ रेक्चाकी बस्ने ३० वर्षीया चन्द्रा देवकोटा रहेकी छिन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिं बोहोराका अनुसार, आज बिहान १०:२० बजेतिर उनका श्रीमान् ३२ वर्षीय गोपीराम जैसीले फरुवाले टाउकोमा प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको बोहोराले बताए । गोपीरामलाई स्थानीयले नियन्त्रणमा लिएर राखेका छन् भने प्रहरी घटनास्थलमा जाँदै छ। The post श्रीमान्‌ले फरुवा प्रहार गर्दा श्रीमतीको मृत्यु appeared first on Kalika Khabar.