काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको दोस्रो नेपाल इन्स्योरेन्स कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ । सामाखुसी फुटसल ग्राउन्डमा भएको प्रतियोगितामा विभिन्न बीमा कम्पनीका टोलीले सहभागिता जनाएका थिए । सहभागी टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रतियोगितालाई रोमाञ्चक बनाएका थिए । प्रतियोगिताको फाइनलमा हिमालयन एभरेस्ट इन्स्योरेन्सले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई ५–२ गोलले पराजित