नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ । टोयोटा मोटर एसिया र टोयोटा त्सुशो एसिया प्यासिफिकसँगको समन्वयमा युनाइटेड ट्रेडर्स सिन्डिकेटले उक्त रकम राहत कोषमा योगदान गरेको हो । विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले कम्पनीले उक्त रकम उपलब्ध गराएको जनाएको छ । The post टोयोटा नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३ करोड सहयोग appeared first on Businesspana.