एजेन्सी । जापानमा ६५ वर्ष वा सोभन्दा बढी उमेरका नागरिकको संख्या हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । जापान सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार मुलुकको कुल जनसंख्याको २९.६ प्रतिशत अर्थात् करिब ३ करोड ६२ लाख ४० हजार नागरिक ६५ वर्षमाथिका छन् । ‘ज्येष्ठ नागरिक सम्मान दिवस’ को पूर्वसन्ध्यामा सार्वजनिक यो तथ्यांकले जापानको गहिरिँदो जनसांख्यिक संकटलाई पुनः