परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलबीच द्विपक्षीय भेटवार्ता भएको छ । अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा भएको भेटवार्तामा नेपाल र पोर्चुगलबीच बढ्दो मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धप्रति दुवै पक्षले खुसी व्यक्त गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ । आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप विस्तार र सुदृढ बनाउने उपायबारे समेत भेटमा