त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

  • मङगलबार ६ असो २०८३ ०३:२१ AM
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि सोमबार दिउँसो सार्वजनिक बसमा आगलागी हुँदा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ । असोज ५ गते मध्याह्न ऋद्धिसिद्धि यातायातको बसमा अचानक आगलागी भएको थियो । आगलागीमा गम्भीर घाइते भएका चालकलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न सेन्टर लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।