तेह्रथुमका ४३ वटै वडामा कांग्रेसको नयाँ नेतृत्व, को-को चुनिए?

  • मङगलबार ६ असो २०८३ ०७:५४ AM
तेह्रथुम। नेपाली कांग्रेसले तेह्रथुमका ४३ वटै वडामा नयाँ नेतृत्व चयन गरेको छ।  १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते भएको वडा अधिवेशनले ४३ वटै वडामा नयाँ नेतृत्व चयन गरेको हो।  जसमध्ये एउटा वडामा चुनाव भएको छ भने बाँकी सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको हो। फेदाप गाउँपालिका-३ जलजलेमा भने वडा सभापतिका लागि निर्वाचन नै भएको थियो।  महाधिवेशन कार्यतालिका बमोजिम अब ७ असोजमा पालिका अधिवेशन र १० गते क्षेत्रीय अधिवेशनको तयारी तीब्र पारिएको नेताहरूले जनाएका छन् ।  को-को भए वडा सभापति