काठमाण्डु– संयुक्त राष्ट्रसंघको महासभाको ८१ औँ सत्रको उच्चस्तरीय सप्ताहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन शाह मंगलबार (आज) न्यूयोर्क प्रस्थान गर्दैछन्। प्रधानमन्त्री शाहले बिहीबार महासभाको उच्चस्तरीय सत्रमा सम्बोधन गर्नेछन्। न्युयोर्कमा रहँदा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघका महासचिब एन्टोनियो गुटरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रसंघीय महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका