लमजुङ । क्व्होलासोथार गाउँपालिका–९ गिलुङमा १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि १३ दशमलव ३७ प्रतिशत काम भएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी वि.सं २०७८ साउन १९ गते निर्माण सम्झौता भएको थियो । अस्पताल निर्माणको काम विसं २०८१ असारदेखि रोकिएको छ । काम रोकिए पनि पटकपटक थपिँदै आएको