खोटाङ । भौगोलिक विकटताका कारण लामो समयदेखि सहज स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित साकेला गाउँपालिका–१ सेखुवाका नागरिकलाई लक्षित गर्दै सामुदायिक स्वास्थ्य सेवा इकाइ केन्द्र स्थापना गरिएको छ । गाउँपालिकाले सञ्चालनमा ल्याएको यो स्वास्थ्य इकाइ साकेला गाउँपालिकाको आठौँ स्वास्थ्य संस्थाका रूपमा सोमबारदेखि सञ्चालनमा ल्याइएको हो । गाउँपालिकाको लगानीमा निर्माण गरिएको भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रविप्रकाश राईले