काठमाडौँ। काठमाडौँको त्रिपुरेश्वर चोकस्थित पार्किङ वे मा रोकिएको रिद्धिसिद्धि यातायातको बसमा भएको आगजनी घटनाको सत्य तथ्य पत्ता लगाउन सात सदस्यीय छानबिन समिति गठन भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद गैरेको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी इश्वराज पौडेलले जानकारी दिए । उनका अनुसार सोमबार बिहान करिब पौने ११ बजे त्रिपुरेश्वर चोकबाट टेकुतर्फ जाँदै गरेको बा ५ ख ४२७४ नम्बरको रिद्धिसिद्धि यातायातको बस त्रिपुरेश्वरको पार्किङ वे मा रोकिएको अवस्थामा आगजनी भएको थियो । ललितपुरको बागमती गाउँपालिका वडा नं