रैथाने शिल्पीको सीप, प्रविधि, संस्कृति र विज्ञान मानव सभ्यताको इतिहास केवल औजार, घर र भौतिक निर्माणको इतिहास होइन। यो लय, धुन, नृत्य, गीत, वाद्य र सिर्जनाको पनि इतिहास हो। मानिसले श्रम गर्न सिक्दै गर्दा गाउन सिक्यो। समूहमा चल्न सिक्दै गर्दा नाच्न सिक्यो। प्रकृतिका ध्वनि र आफ्नै अनुभवबाट वाद्य बनाउन सिक्यो। यसरी नाचगान, वादन र शिल्प मानव जीवनसँगै विकसित हुँदै गए। यस यात्रामा रैथाने शिल्पी समुदायका पुस्तौँदेखिका सीप, अनुभव र सांस्कृतिक अभ्यासले वाद्य निर्माण, कला प्रस्तुति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएका छन्। काठ, बाँस, छाला, धातु, माटो, ढुङ्गा र प्राकृतिक रेसाजस्ता पदार्थलाई आकार दिँदै उनीहरूले औजार मात्र बनाएनन्, वाद्य पनि बनाए। वाद्यबाट ध्वनि र लय जन्मिए। लयसँग गीत र नृत्य जोडिए। यसरी शिल्प, प्रविधि, नाच, गान, वादन र सामाजिक जीवनबीच गहिरो सम्बन्ध स्थापित भयो। यो केवल मनोरञ्जन थिएन। यो जीवनपद्धति थियो—श्रमलाई सहज बनाउने, शरीर चलाउने, भावना व्यक्त गर्ने र समुदाय जोड्ने अभ्यास। शिल्प–हस्तकलाभित्रको विज्ञान रैथाने शिल्पीको योगदान नाचगान र वादन प्रस्तुत गर्नमा मात्र सीमित छैन। ती कला सिर्जना र पुस्तान्तरण गर्न आवश्यक वाद्य, सामग्री, बनोट र प्रविधिको विकास पनि उनीहरूको महत्वपूर्ण योगदान हो। कुन काठ उपयुक्त हुन्छ