कांग्रेस चाँगुनारायण–८ को सभापतिमा घोरासैनी

  • सोमबार ५ असो २०८३ ०३:४९ PM
भक्तपुरको चाँगुनारायण नगरपालिका–८ को नेपाली कांग्रेस वडा अधिवेशनबाट राजकुमार घोरासैनी सभापतिमा सर्वसम्मत चयन भएका छन्। सोमबार सम्पन्न वडा अधिवेशनले घोरासैनीको नेतृत्वमा १५ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत चयन गरेको हो। उपसभापतिमा आर्यन नेपाल र ज्ञानु कार्की तथा सचिवमा सरोज खत्री चयन भएका छन्। त्यस्तै, वडा कार्यसमितिको सदस्यमा रघुराम दुलाल, रामबहादुर रञ्जितकार, बाबुराजा विष्ट, लक्ष्मण नेपाल, समीर