भोटेकोशी बाढी प्रभावितका लागि अस्थायी आवास बनाउँदै सरकार

  • सोमबार ५ असो २०८३ ०२:४५ PM
काठमाण्डु – रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यससम्बन्धी कामलाई तीव्र गतिमा अगाडि बढाएका छन् ।   यस क्रममा यी मन्त्रालयहरूलाई प्रभावित स्थानीय तहहरूले समेत सघाइरहेका छन् । पूर्वाधार विकास मन्त्रालयका