काठमाडौं । रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन्। नेपालका विभिन्न स्थानमा एकैसाथ आयोजना गरिएको राइडमा काठमाडौंमा मात्रै ६ सयभन्दा बढी राइडर सहभागी भएको कम्पनीले जनाएको छ। काठमाडौंको राइड कमलादीस्थित प्रज्ञा भवनबाट सुरु भई गोदावरीस्थित बेस्ट वेस्टर्न प्लसमा पुगेर सम्पन्न भएको थियो। देशभरका २२ वटा अधिकृत डिलर लोकेसनबाट राइडरहरू कार्यक्रममा सहभागी भएका थिए। राइडकै अवसरमा रोयल इन्फिल्ड नेपालले डाउन सिन्ड्रोम एसोसिएसन नेपाललाई २ लाख रुपैयाँ सहयोग गरेको छ। सहयोग रकमको चेक अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले डाउन सिन्ड्रोम एसोसिएसन नेपालका प्रेसिडेन्ट ... The post रोयल इन्फिल्डको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी appeared first on Kalika Khabar.