धनगढी । एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारलाई निरन्तरता दिँदै कैलालीको धनगढी उपमहानगरपालिका–८, क्याम्पस चोकमा १३४औँ शाखा सञ्चालनमा ल्याएको छ। असोज ५ गते सञ्चालनमा आएको नयाँ शाखासँगै बैंकले सुदूरपश्चिम प्रदेशमा आफ्नै नयाँ भवनसमेत उद्घाटन गरेको छ। नयाँ भवनबाट बैंकले सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय समेत सञ्चालन गर्ने भएको छ। यसअघि रहेको स्थानबाट प्रादेशिक कार्यालय स्थानान्तरण गरी सम्पूर्ण सेवा नयाँ भवनबाटै प्रदान गरिने बैंकले जनाएको छ। नयाँ शाखाको उद्घाटन धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र एभरेष्ट बैंक सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यले संयुक्त रूपमा गरेका थिए। उद्घाटन समारोहमा धनगढी उपमहानगरपालिका–८ का ... The post एभरेष्ट बैंकको १३४औँ शाखा धनगढीको क्याम्पस चोकमा सञ्चालन appeared first on Kalika Khabar.