काठमाण्डु – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत तेस्रो दिनसम्म ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार असोज १६–१९ गतेसम्म हुने महाधिवेशनका लागि असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशन प्रक्रिया असोज ५ गतेसम्म आइपुग्दा ६३ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम,