राधा पाण्डे, कपिलवस्तु, असोज ५ ।कपिलवस्तुको हथौसा लिटिल स्टार ई. बोर्डिङ स्कुलले बालबालिकालाई स्वस्थ तथा पोषणयुक्त खानपानतर्फ अभिप्रेरित गर्ने उद्देश्यले ‘पत्रु खाना निषेध’ अभियानलाई निरन्तरता दिएको छ। विद्यालयले जेठ ३ गतेदेखि सुरु गरेको अभियानअन्तर्गत विभिन्न चरणमा विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको हो। अभियानकै क्रममा सोमबार विद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीका