पुँजीगत लाभकर घटाउने सरकारको निर्णय नेपाल राजपत्रमा छापिएको छ । भदौ ३१ गतेको मिति राखेर सो निर्णय नेपाल राजपत्रमा छापिएको हो । मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा पुँजीगत लाभकर घटाउने निर्णय गरेको थियो। सो निर्णय नेपाल राजपत्रमा प्रकाशन भएसंगै अब दिर्घकालिन लगानीकर्ताको लागि लाभकर ३.७५ प्रतिशत र अल्पकालीन लगानीकर्ताको लागि लाभकर ५ प्रतिशत कायम हुनेछ। The post राजपत्रमा छापियो पुँजीगत लाभकर घटाउने सरकारको निर्णय appeared first on Businesspana.