काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी विपद्का कारण स्थगित गरिएका पार्टीका सम्पूर्ण आधिकारिक गतिविधि पुन: सुचारु गर्ने निर्णय गरेको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले भोटेकोशीमा आएको विनाशकारी बाढीपछिको खोजी, उद्धार, राहत वितरण, पुन:स्थापना तथा पुनर्निर्माणका विषयमा सरकारमा सहभागी पार्टीका