काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रमबिच राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक २०८३ सम्पन्न भएको छ । नेपाल प्रहरीको रणनीतिक योजना, २०८३–२०८५ मा परिकल्पना गरिएको ‘स्मार्ट पुलिसिङ, सेफर कम्युनिटी’ भन्ने मूल भावनालाई व्यवहारमा उतार्न काठमाण्डु उपत्यका तथा प्रदेश प्रहरी कार्यालयहरूबाट भएका प्रहरी प्रशासन,